ओलीलाई रोगी लेखेको पर्चा बाँडेपछि एमाले महाधिवेशनमा हंगामा

काठमाण्डु टुडे २०७१ असार २० गते १२:०८ मा प्रकाशित

काठमाण्डु, २० असार –युवा नेता राजेन्द्र राईले लेखेको लेखप्रति आपत्ति जनाउँदै अध्यक्षका प्रत्यासी नेता केपी शर्मा ओली समूहले केहीबेर एमाले महाधिवेशनकाे बन्दसत्र अवरुद्ध गर्यो ।

Uml-new-logoवितरण गरिएका पुस्तक नियन्त्रणमा लिने र आइन्दा कुनै पनि समूहले पुस्तक, पर्चा र पम्प्लेट बाँड्न नपाइने आचारसंहिता जारी भऐपछि बन्दसत्र सुचारु भएको हो ।

राईको लेखप्रति आपत्ति नजाउँदै ओली समूहले नाराबाजी गरेपछि बन्दसत्र केहीबेर रोकिएको थियो । योगेश भट्टराई अध्यक्ष रहेको मदन भण्डारी अध्ययन केन्द्रले प्रकाशन गरेको ‘हाम्रा धारणाहरु’ शीर्षकको पुस्तकमा ओली अस्वस्थ्य भएकाले पार्टी हाँक्न नसक्ने उल्लेख छ ।

‘पार्टी प्रमुख हुन अब ओलीको स्वास्थ्यले दिंदैन’, राईको लेखमा भनिएको छ, ‘दौडधूप गर्ने गर्ने त कुरै छाडौं केही मिनेट बैठकमा बस्न सक्ने अवस्थासमेत उहाँ (ओली) को छैन ।’ ओली अध्यक्ष भए पार्टीमा विकृति संस्थागत हुने आरोप पनि राईले लगाएका छन् ।

ओली विकृति–विसंगति केही होइन भन्ने ठाउँमा पुगेकाले पार्टीभित्र विकृति, विसंगति झन् बढ्नेछ र संस्थागत हुने निष्कर्ष राईको छ । राईको खेल भएको पुस्तक ओली पक्षले बन्दशत्रमै च्यातेको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us