उपचार अभावले गर्भवतीको ज्यान गयो

काठमाण्डु टुडे २०७१ असार २० गते १०:२२ मा प्रकाशित

अछाम, २० असार – कमजोर आर्थिक अवस्थाका कारण समयमै उपचार नपाएर अछाम हिच्मा–५ का पिते बुढाकी २३ वर्षीया पत्नी रङ्गा बुढाको शुक्रबार बिहान ज्यान गएको छ ।

रङ्गाको पाँच दिनदेखि स्थानीय बयलपाटा अस्पतालमा उपचार हुँदैआएको थियो ।

बयलपाटा अस्पतालका डा. श्रीराम तिवारीले रङ्गाको मृत्यु म्यानेन्जाइटिस र इन्सेफ्लाइटिस रोगले दिमागमा सङ्क्रमण गरेका कारण भएको बताए । उनलाई बेहोस अवस्थामा अस्पताल पु¥याएकाले उपचारमा कठिनाइ भएको उनको भनाइ छ ।

सिटिस्क्यान गर्न अस्पतालले उनलाई बाहिर पठाएपनि पैसा नहुँदा त्यस गर्न नसकिएको पति पितेले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us