एमाले महाधिवेशनले पद र लाभको भागवण्डामा भन्दा नयाँ शक्ति निर्माणमा योगदान गर्न सकोस् : भट्टराई

काठमाण्डु टुडे २०७१ असार २० गते ७:३२ मा प्रकाशित

काठमाण्डु, २० असार– एकीकृत नेकपा माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले एमाले नवौं महाधिवेशनको सफलताको शुभकामना दिदैं नयाँ शक्ति निर्माणमा लाग्न आग्रह गरेका छन् ।

baburamभट्टराईले गुटबन्दी र फुटको अस्वस्थ्य प्रतिस्पर्धामा नलागि देशले चाहेको र समयको आवश्यकता पुरा गर्न सक्ने नयाँ शक्ति निर्माणको दिशामा महाधिवेशनले ऐतिहासिक निर्णय लिन सकोस् भन्दै सामाजिक सञ्जाल फेसबुकमा आशा व्यक्त गरेका हुन् ।

उनले फेसबुकमा यस्तो लेखेका छन् ,  ‘एमाले महाधिवेसन पद र लाभको भागवण्डामा भन्दा गहन वैचारिक(राजनीतिक मुद्दामा केन्द्रित रहेर देशको नयाँ ऐतिहासिक आवश्यकता पूरा गर्न सक्ने नयाँ शक्ति निर्माणमा योगदान गर्न सकोस् भन्ने हार्दिक शुभकामना  ! 

वि सं १९९७ सालदेखिको सामन्तवाद र निरंकुसता विरोधी राजनीतिक आन्दोलनले अहिले २०७१ सम्म आइपुग्दा पुँजिवादी लोकतान्त्रिक क्रान्तिको एउटा चरण मूल रुपमा पूरा गरेको स्थितिमा एक्काइसौं शताब्दीको नयाँ समाजवादी क्रान्ति गर्नसक्ने नयाँ शक्तिको निर्माणमा सबै पार्टी भित्रका सिर्जनशील र इमान्दार व्यक्तिहरुले विशेष ध्यान दिऊँ  !’

भट्टराईले नेपाली राजनीतिमा केहि समय अघिदेखि नयाँ शक्तिको बहस चलाइरहेका छन् । विभिन्न दलका नेता, व्यवसायी, पेशाकर्मी , कलाकर्मी र नागरीक समाजका अगुवालाई खुला आव्हान गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us