काठमाण्डु, १८ असार– मोहन वैद्य नेतृत्वकोृ नेकपा–माओवादीमा आगामी कार्यदिशाको विषयलाई लिएर विवाद भएको छ ।

ललितपुरको कुपण्डोलस्थित नेवा: राज्य समिति कार्यालयमा बुधबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दले छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेश गरेका छन् ।
बैठकमा वैद्यले राजनीतिक प्रस्ताव पेश गरेलगत्तै चन्दले अर्को प्रस्ताव पेश गरेका हुन् । उनले अध्यक्षको प्रस्ताव पूर्ण नभएको बताएका छन् ।
प्रवक्ता पम्फा भुसालले अध्यक्ष वैद्यले मुलुकको समसामयिक राजनीतिक अवस्था, भावी कार्यदिशा र आन्दोलनलगायत विषय समेटिएको दस्तावेज पेश गरेको जानकारी दिइन् । उनले सचिव चन्दले केही कार्यनीतिक सवालमा फरक प्रस्ताव राखेको बताइन् ।