बालिका बलात्कार गर्नेलाई १० वर्ष कैद

काठमाण्डु टुडे २०७१ असार १८ गते १२:४९ मा प्रकाशित

सोलु, १८ असार– स्थानीय पाँच वर्षीया बालिका बलात्कार गर्ने बासा–८ सोलुखुम्बुका मङ्गल राईलाई जिल्ला अदालत सोलुखुम्बुले १० वर्षको कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश दीपककुमार खरेलको इजलासले बुधबार राईलाई १० वर्षको कैद र पीडित बालिकालाई एक लाख क्षतिपूर्ति भराउने आदेश दिएको हो ।
गत चैत २५ गते बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले राईलाई वैशाख ७ गते पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us