म स्लाइन चढाएर अस्पताल बसेका बेला अनेक हल्ला गरियो: ओली

काठमाण्डु टुडे २०७१ असार १८ गते १२:२६ मा प्रकाशित

काठमाण्डु, १८ असार– नेकपा एमालेले बिहीबारदेखि काठमाण्डुमा सुरु हुने नवौं राष्ट्रिय महाधिवशेनको तयारी पूरा भएको जनाएको छ ।

kp-oli_20110601090027
अध्यक्ष झलनाथ खनालले बुधबार महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकार सम्मेलन गरी महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताएका हुन् । पत्रकार सम्मेलनमा अध्यक्ष खनालले नवौं कम्युनिष्ट एकताको महाधिवेशन हुने दाबी गरे ।

एकताको महाधिवेशन हुने भएकाले सर्वसम्मतिकै आधारमा नेतृत्व चयन हुने उनको भनाइ थियो । पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी संसदीय दलका नेता केपी शर्मा ओलीले पनि सहमतिमै नेतृत्व हुने उल्लेख गरे ।

तर ओलीले आफ्नो वा अध्यक्षका अर्का प्रत्यासी झलनाथ खनालमध्ये कसको नाममा सर्वसम्मति हुने भन्ने खुलाएनन् । ओलीले हाल देखिएको गुट र विवाद महाधिवेशनपछि अन्त्य हुने र पार्टी एकताबद्ध भएर अघि बढ्ने दाबी गरे ।

ओलीले अध्यक्षका अर्का प्रत्यासी माधवकुमार नेपाल पक्षले आफ्नो स्वास्थ्य अवस्थालाई लिएर राजनीति गरेको भन्दै दु:ख व्यक्त गरे ।

उनले अर्को पक्षले स्वास्थ्यबारे असंवेदनशील भएर अनेकन हल्ला गरेको टिप्पणी गरे । ‘म स्लाइन लगाएर अस्पताल बसेका बेला साथीहरुले अनेक तर्कना गर्नुभयो’, ओलीले भने, ‘त्यस्ता साथीहरुलाई शुभकामना दिनबाहेक केही भन्न सक्दिन ।’ पत्रकार सम्मेलनमा अध्यक्षका अर्का प्रत्यासी नेपाल भने उपस्थित भएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us