यस्तो छ महाधिवेशन कब्जा गर्ने ओलीको गोप्य रणनीति

काठमाण्डु टुडे २०७१ असार १८ गते १०:२९ मा प्रकाशित

काठमाण्डु, १८ असार– बिहीबारबाट सुरु हुने नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका प्रत्यासी केपी शर्मा ओली समूहले महाधिवेशनस्थल नै कब्जा गर्ने गोप्य kp oliरणनीति बनाएको छ ।
मंगलबार अल्फाबिटा कम्प्लेक्समा भएको ओली पक्षका स्वंयसेवकहरुको भेलामा युुवा संघका अध्यक्ष महेश बस्नेतद्वारा दिइएको प्रशिक्षणमा महाधिवेशन कब्जाका लागि स्वयंसेवकहरुलाई निम्न रणनीतिबारे जानकारी गराइएको थियो ।
१. मूल गेटमा ३०० जना आफ्नो पक्षका स्वयम्सेवकहरु तयार गरिने, उनीहरुलाई पिउने पानी, खाजा, आवाससहित आवश्यक सबै व्यवस्था मिलाइने, रातिको समयमा पनि स्वयम्सेवकहरुको पालो मिलाएर उक्त क्षेत्रको अवलोकन गरिने
२. मूल गेटमा रहने स्वयम्सेवकहरुले आफ्नो पक्षको नेता आउँदा हौस्याउने, नारा लगाउने र भित्र पठाउने काम गर्ने तथा अर्को पक्षको नेता आउँदा खिस्याउन, हाँस्ने र उडाउने प्रकृतिका काम गर्ने
३. मूल गेटमा ओली पक्षका कलाकारको टोली निर्माण गरी ओलीलाई अध्यक्ष बनाऔं भनेर बाजागाजा तथा नाच गान गर्ने ।
४. २२ वा २३ गते नेतृत्व निर्माणको प्रक्रिया सुरु भएपछि ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन माग राख्दै १०/१० जनाको समूह बनाएर अनशन/धर्ना बस्ने ।
५. महाधिवेशनको भित्र रहेका वा आधिकारिक स्वयम्सेवकहरुको भूमिका महत्वपूर्ण रहेको छ, हाम्रै पहलमा भोटिङ मेशिनको प्रयोग गरिएको छ, यो हाम्रो अनुकुल छ ।
६. महाधिवेशनका आधिकारिक स्वयंसेवकले आफ्नो पक्षका अध्यक्षदेखि केन्द्रीय सदस्य र निकायका पदाधिकारीहरुसम्मको नाम कण्ठस्त गर्ने, कुनै पनि प्रतिनिधि मतदान गर्न अलमलमा परेमा तत्काल सहयोग गर्न जाने र उनीहरुले जे भने पनि आफ्नो पक्षमा मतदान गराउने, सुरक्षकार्मी सहयोगी हुनेछन् ।
७. शक्ति र पैसा दुवैको पूर्ण प्रयोग गर्ने, प्रत्येक प्रतिनिधिलाई पक्ष वा विपक्षमा दृढ, पदको प्रलोभनमा पर्न सक्ने, पैसाको प्रलोभनमा पर्न सक्ने, अन्य कुनै आश्वासनमा पर्न सक्ने भनेर जिल्ला जिल्लाको सूची तयार भइहेको छ, जे जे प्रयोग गर्न परे पनि गरिन्छ, यहाँहरुले पनि यसमा केही सूूचना छ भने पनि दिनुहोला, हामी सय भोटले जित्दैछौं, उच्च मनोवलसहित अगाडि बढौं ।
८. हाम्रो विशेष कुरा यहाँ भन्न मिल्दैन रमेश पौडेल र महेश बर्तौलाले यहाँहरुको कान कानमा भन्नुहुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us