२४ शिक्षक थुनामा

काठमाण्डु टुडे २०७१ असार १८ गते ९:१३ मा प्रकाशित

चितवन, १८ असार– आफ्ना माग पूरा नभएको भन्दै जिल्ला शिक्षा कार्यालय चितवनमा दबाब दिन पुगेका शिक्षक २४ शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

राहत शिक्षक सङ्घर्ष समितिको पूर्वघोषित कार्यक्रमअन्तर्गत जिल्ला शिक्षा कार्यालय चितवनमा तालाबन्दी गर्न गएका  उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नेपाल शिक्षक युनियनका अध्यक्ष हरिप्रसाद आचार्य, नेपाल शिक्षक संघका अध्यक्ष धु्रवराज पोखरेल, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष पूर्ण दवाडी, नेपाल शिक्षक लोकतान्त्रिक मञ्चका सचिव गुरुप्रसाद पौडेल राहत शिक्षक सङ्घर्ष समितिका कार्यबाहक अध्यक्ष सूर्यराज बराललगायत छन् ।

बिनाकारण प्रहरी हस्तक्षेप भएको भन्दै शिक्षकसाग आबद्ध सङ्घ सङ्गठनले आपत्ति जनाएका छन् । सरकारले आफूहरुलाई महागी भत्ता उपलब्ध गराउनुपर्ने, दुर्गम भत्ता पाउनुपर्ने, पोसाक  भत्ता उपलब्ध गराउनुपर्ने, शिक्षा नियमावलीमा राहत शिक्षकका बारेमा उल्लेख गरिनुपर्नेलगायतका माग राखेर आन्दोलन गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us