काठमाण्डुमा ओली समूहको शक्ति प्रदर्शन

काठमाण्डु टुडे २०७१ असार १८ गते ८:५३ मा प्रकाशित

kp oliकाठमाण्डु, १८ असार– एमाले अध्यक्षका प्रत्यासी केपी शर्मा ओली समूहले ५२ जिल्ला अध्यक्ष आफ्नो पक्षमा रहेको दाबी गरेको छ ।

काठाण्डुमा बुधबार एक कार्यक्रम गरी ओली पक्षले भुगोल र गैरभुगोल गरी कुल १ सय ९ मध्ये  ५२ जिल्ला अध्यक्ष आफ्नो पक्षमा रहेको दाबी गरेको हो ।

कार्यक्रममा ओली पक्षले आफ्ना अञ्चल इन्चार्ज, विभागीय प्रमुख र सचिव तथा जनवर्गीय संगठनका प्रमुख र जिल्ला अध्यक्षलाई सञ्चारकर्मीसामु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा उपस्थित जिल्ला अध्यक्ष मध्येबाट बैतडी अध्यक्ष दामोदर भण्डारी, स्याङजा अध्यक्ष पद्मा अर्याल र दाङ अध्यक्ष नरुलाल चौधरीलेले बोलेका थिए ।

उनीहरुले ओलीलाई अध्यक्ष बनाउनुपर्ने कारण पेश गरेका थिए । यस्तै उपाध्यक्ष विद्या भण्डारी र प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले ओलीको विकल्प नरहेको बताएका थिए ।

एमालेलाई आजको अवस्थामा ल्याउन ओलीको विचार मुख्य कारण रहेको भन्द्यै उनले सर्वसम्मत नभए निर्वाचनबाट सजिलै विजयी हुने दाबी गरिने । नेता ज्ञवालीले मदन भण्डारीपछि विचारका नेता भनेकै ओली रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us