गिरिजाप्रसादको जन्मजयन्ती मनाइँदै

काठमाण्डु टुडे २०७१ असार १८ गते ३:३४ मा प्रकाशित

girija prasad koiralaकाठमाण्डु १८ असार – लोकतान्त्रिक आन्दोलनका अगुवा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्म जयन्ती आज बिभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९० औं जन्मजयन्तीका अवसरमा जिपि चिन्तन प्रतिष्ठानले बिभिन्न कार्यक्रमको आयोजना गरेको छ भने नेपाली काँग्रेसले देशका बिभिन्न स्थानमा बिभिन्न कार्यक्रमसहित कोइरालाको सम्झना गर्दै छ ।

२०६२-६३ सालको जनआन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाको बिसं १९८१ असार १८ गते भारतको बिहारस्थित सहर्सा जिल्लामा जन्म भएको थियो ।

कोइरालाका बुवा कृष्णप्रसाद कोइरालालाई तत्काकालिन राणा शासकहरुले निर्वासनमा पठाएका बेला उनको भारतमै जन्म भएको थियो ।

नेपाली काँग्रेसको नेतृत्व र प्रधानमन्त्रीका रुपमा सबैभन्दा धेरै पटक देशको नेतृत्व गरेका कोइरालाले पछिल्लो समय देशमा गणतन्त्र स्थापनाका लागि खेलेको भूमिका सबैका लािग स्मरणीय छ । कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us