जालसहित बगेर मृत्यु

काठमाण्डु टुडे २०७१ असार १७ गते ६:०५ मा प्रकाशित

स्याङ्जा, १७ असार – माछा मार्नेक्रममा स्याङजाको आँधीखोलामा बगेर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ । आँधीखोलामा माछा मार्नेक्रममा आईतबार जालैसहित बेपत्ता भएका केवरे गाविस वडा नं. १का भविन्द्र गुरुङको शव फेला परेको हो । बगेको ठाउँभन्दा झण्डै एक किलोमिटर तल भुम्रेस्थित आँधीखोलाको किनारमा आज बिहान पानीमा उत्रिएको अवस्थामा गुरुङको शव फेला परेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरिकृष्ण केसीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us