काँग्रेस बैठकमा मन्त्रीहरुविरुद्ध खनिए नेता र सभासद

काठमाण्डु टुडे २०७१ असार १७ गते ४:४८ मा प्रकाशित

Nepali-Congress-Flag1315101735काठमाण्डु, १७ असार– सरकार नेतृत्वकर्ता दल नेपाली काँग्रेसले केन्द्रीय सदस्य र सभासदहरुसँग आज पनि सुझाव मागेको छ ।
संविधानसभा भवन नयाँबानेश्वरमा बिहान बसेको केन्दीय सदस्य र सभासदको संयुक्त बैठकमा सभासदहरुले अर्थमन्त्री रामशरण महतसहित मन्त्रीहरुको आलोचना गरेका छन् ।

उनीहरुले बजेटमा क्षेत्रीय सन्तुलन नमिलेको र अघिल्ला आर्थिक वर्षका राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई बेवास्ता गरिएको आरोप लगाएका छन् ।

बैठकमा सोमबार बोल्न बाँकी सभासद र सदस्यहरुले धारणा राखेका थिए । अधिकांशले सरकारमा रहेका मन्त्रीहरुले जनभावनाअनुसार काम गर्न नसकेको, बजेट विनियोजन र विकास निर्माणका काममा आफ्नो क्षेत्र र आफ्ना मान्छेलाई प्राथमिकतामा राखेको भन्दै आक्रोश पोखेका छन् ।
व्यवस्थापिका–संसद बैठक भएका कारण स्थगित भएको बैठक साँझ ५ बजे पुन: बस्ने सभासद जगदिश्वरनरिसंह केसीले जानकारी दिए । उनका अनुसार अर्थमन्त्री महतले बैठकमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us