एघार वर्षपछि फरार रामायण पक्राउ

काठमाण्डु टुडे २०७१ असार १७ गते ४:२३ मा प्रकाशित

पर्सा, १७ असार– कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त भोलि भन्ने रामायण रायलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्साको निचुटा–७ निवासी ६५ वर्षीय महाराज रायको हत्याको अभियोगमा ११ वर्षदेखि फरार रहेका पटेर्वा सुगौली–१ निवासी रायलाई सोमबार अपराह्न विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो ।

विसं २०५९ पुस १८ गते महाराजलाई कुटपिट गरी हत्या गरेको अभियोगमा फरार रहेका राय लुकिछिपी घर आउँदै गरेको पूर्वसूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटेको टोलीले उनलाई गाउँबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका रायलाई आवश्यक कारबाहीका लागि आज जिल्ला अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us