लोकमान भन्छन, ‘अब ठूला माछा समात्छु’

काठमाण्डु टुडे २०७१ असार १६ गते १५:०४ मा प्रकाशित

महोत्तरी, १६ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्टाचार मुद्धा दर्ता भएका सबैमाथि कारबाही हुने बताएका छन् ।
Lok_Man-Singh-Karkiमहोत्तरीको बर्दिबासमा सोमबार उनले आफू ‘ठूला माछा’ समात्ने अभियानमा रहेको बताए ।

‘म फोहोर पोखरी सफा गर्दै छु, कतिपय मानिस तपाईंले पोखरीका साना माछा मात्र समात्नु भयो, ठूला माछा किन नसमातेको भन्ने प्रश्न गर्छन्’, कार्कीले भने, ‘ढुक्क हुनुस् साना–ठूला सबै माछा समात्नेछु ।’

कार्कीले सप्तरीदेखि पर्सासम्म पूर्वी तराइका आठ जिल्लाको शिक्षा क्षेत्रमा भएको भष्टाचारलाई आफूले गम्भीर रुपमा लिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us