सरकारको नीति तथा कार्यक्रमप्रति काँग्रेसमै विरोध

काठमाण्डु टुडे २०७१ असार १६ गते १४:५६ मा प्रकाशित

काठमाण्डु, १६ असार– सरकार नेतृत्वकर्ता दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य र सभासदहरुले सरकारले व्यवस्थापिका–संसदमा पेस गरेको नीति तथा कार्यक्रमप्रति NC-Flagगम्भीर असन्तुष्टि जनाएका छन् ।
केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा बोल्दै केन्द्रीय सदस्य र सभासदले नीति तथा कार्यक्रप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । बजेटले अघिल्लो वर्ष अघि सारेका राष्ट्रिय प्राथमिकताका आयोजनालाई समेट्न नसकेको तथा क्षेत्रीय सन्तुलन कायम गर्न नसकेको टिप्पणी गरे ।

प्रवक्ता दिलेन्द्रप्रसाद बडुले नीति तथा कार्यक्रमकै आधारमा बजेट आए वितरणमा क्षेत्रीय असन्तुलन हुने भएकाले बजेटमा त्यसलाई सच्याउन बैठकमा सुझाव आएको बताए । यस्तै राष्ट्रिय प्राथमिकतामा परेका ठूला आयोजानमा निजी लगानीकर्ता आकर्षित हुने गरी बजेट ल्याउन पनि उनीहरुको माग छ ।

सभासद जीवन परियारका अनुसार सभासदहरुका लागि पाँच करोड नछुट्याएको भन्दै बैठकमा अर्थमन्त्री रामशरण महतको आलोचना भएको थियो । नीति तथा कार्यक्रममा धेरै स्थानमा कम्युनिष्ट शब्दावली परेको भन्दै नेताहरुले आपत्ति जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us