काठमाण्डु, १६ असार– एमालेले पार्टीको नवौं महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल र केपी शर्मा ओलीलाई स्वस्थ र मर्यादित बहसमा उत्रन
आग्रह गरेको छ ।
पार्टीको प्रचार उपसमितिले प्रचार–प्रसारका क्रममा कतिपय नेता–कार्यकर्ता र पार्टी निकट सञ्चारमाध्यम एवम् सोसल मिडियामा प्रकाशित कतिपय अभिव्यक्त अस्वस्थ, कटु र पार्टी एकतालाई कमजोर पार्ने खालका रहेका भन्दै त्यस्ता क्रियाकलाप रोक्न आग्रह गरेको हो ।