एआइजीमा गणेश राई र नारायण वस्ताकोटी सिफारिस

काठमाण्डु टुडे २०७१ असार १६ गते १४:१५ मा प्रकाशित

ganesh raiकाठमाण्डु, १६ असार –बढुवा समितिले एआइजी सिफारिस उजुरी सुन्ने समितिले संशोधन गरेको सूची सार्वजनिक गरेको छ। संशोधन सूची अनुसार बढुवामा परेका र नपरेका १३ जनाको प्राप्ताङ्क सचिवालयले सोमवार सम्बन्धित डिआइजीहरुलाई दिएको छ।

गृह सचिव, आइजिपी, मन्त्रिपरिषद् सचिव रहेको बढुवा समितिले गरेको सिफारिसमा पुनरावलोकन गर्दै उजुरी समितिले दुई जानको नाम हेरफेर गरेको छ। लोकसेवा आयोग अध्यक्ष कयोदेवी यमी संयोजक रहेको समितिमा मुख्य सचिव लीलामणि पौडेल र कानून सचिव भेषराज शर्मा सदस्य थिए।

गृह स्रोतले दिएको जानकारी अनुसार बढुवा समितिको सिफारिसमा परेका रमेशशेखर बज्राचार्य र केदार साउद एआइजीका लागि सिफारिश भएका छैनन्। औचित्य नदिई उनीहरुर्ला बढी अंक दिइएको र राम्रो कार्यसम्पादन रहेका गणेश राई र नारायण वस्ताकोटीलाई कम अंक दिएको ठहर उजुरी सुन्ने अधिकारीहरुले गरेका छन्।

उजुरी समितिले गरेको संशोधन अनुसार राई चौथो र वस्ताकोटी छैटौं स्थानमा छन्। बढुवा समितिको सिफारिसमा परेका बज्राचार्य दशौं र साउद तेह्रौं अन्तिम स्थानमा पुगेका छन्।

बढुवा समितिको तजविजमा छाडिएको ७।५ र आइजिपीले दिन पाउने ५–५ अंक डिआइजीहरुबिच पक्षपातपूर्णुढंगले दिइएको ठहर गरेर उजुरी समितिले सिफारिशको संशोधन बनाएको हो। संशोधनले सात जनाको वरियता पनि हेरफेर गरेको छ।

पहिला दुई नम्वरमा रहेका सुरेन्द्रबहादुर शाह तीनमा पुगेका छन्। तीनका विज्ञान शर्मा दुईमा उक्लेका छन्।

यो संशोधनपछि पनि एआइजी बढुवा कच पल्टिने देखिएको छ। पहिला सिफारिसमा परेर अहिले बाहिरिएका बज्राचार्य र साउद अदालत जाने तयारी गरेका छन्। उनीहरुसँगै यादव अधिकारी, सुशीलवरसिंह थापा, परशुराम खत्री पनि न्यायलय जाने सोचमा छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us