अपराध नियन्त्रणमा समुदायमा आधारित प्रहरी आवश्यक :  मुख्यसचिव

काठमाण्डु टुडे २०७१ असार १६ गते १३:२३ मा प्रकाशित

वीरगन्ज, १६ असार – मुख्य सचिव लीलामणि पौडेलले अपराध नियन्त्रणमा प्रहरी प्रशासन र आम नागरिकबीच उच्चस्तरको सहयोग, सहकार्य र समन्वय हुनुपर्ने बताएका छन् ।

lilamani_poudelअपराध न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय र नागरिक समाजको सक्रियतामा जडान गरिएको सिसिटिभी क्यामरा सञ्जालको सोमबार वीरगन्जको रानीघाटमा आयोजित एक समारोहबीच उद्घाटन गर्दै उनले आम नागरिकले विश्वास गरेर प्रहरी प्रशासनलाई अपराधजन्य सूचना नदिएसम्म मुलुकवाट अपराध नियन्त्रण गर्न कठिनाई हुने प्रष्ट पारे ।

मुख्य सचिव पौडेलले अपराध नियन्त्रणका लागि आधुनिक प्रविधिको प्रयोग अपरिहार्य भएको उल्लेख गर्दै यस कार्यमा वीरगन्जवासीले प्रहरी प्रशासनलाई विश्वास गरेर गरेको सहयोग अनुकरणीय रहेको भन्दै प्रशंसा गरे ।

अपराध नियन्त्रणका लागि वीरगन्जको रानीघाट क्षेत्रमा स्थानीयवासी, छठ पूजा समिति र व्यापारीको सहयोगमा रु साढे तीन लाखको सहयोगमा दशवटा सीसीटिभी क्यामरा जडान गरिएको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us