काठमाण्डु, १६ असार – प्रहरी प्रधान कार्यालयले सोमबार ४ सय १५ प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी निरीक्षकहरुको झण्डै चार महिना पछि एकैपटक सरुवा गरेको प्रहरी प्रवक्ता गणेश केसीले जानकारी दिए ।
प्रहरी नियमावली २०७१ अनुसार महानिरीक्षक अर्यालले नियमावली ४८ र ४८ (१) मा रहेर प्रहरी निरीक्षकहरुको सरुवा गरेका हुन् ।