सरकारको नीति तथा कार्यक्रम नुन नलागेको तरकारी जस्तै : भट्टराई

काठमाण्डु टुडे २०७१ असार १६ गते ११:०१ मा प्रकाशित

काठमाण्डु, १६ असार – एकीकृत नेकपा माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी भएको प्रतिक्रिया दिएका छन् ।

baburamहिजो घोषणा भएको नीति तथा कार्यक्रममा कुनै नविनता नभएको र यसले नेपाली जनताको हितमा काम गर्न नसक्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले नीति तथा कार्यक्रमलाई जोगीले मागेर ल्याएको तर नुन नहालेको तरकारी जस्तो भन्दै व्यङग गरेका छन् ।

उनले यस्तो ट्वीट गरेका छन् –‘सरकारको नीतिरकार्यक्रम जोगीले मागेर ल्याएको तर नून नहालेको तरकारी जस्तो लाग्यो ! कुनै नयाँपन नभएको यस्तो परम्परावादी सोचबाट नयाँनेपाल बन्ला?’

सरकारले आइतबार ल्याएको नीति तथा कार्यक्रमले समयानुकुल जनचाहनालाई संवोधन गर्न नसक्ने उनले दावी गरेका छन् ।

आफ्नो पार्टी प्रमुख प्रतिपक्षी दल भएको नाताले यसलाई सुधार्न व्यवस्थापिका–संसदमा निरन्तर दबाब दिने घोषणा गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us