सामूहिक बलात्कारका आरोपितविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डु टुडे २०७१ असार १६ गते १०:०६ मा प्रकाशित

राजविराज, १६ असार –  १६ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा फरार रहेका आरोपितविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालले लौनिया गाविस–६ का २१ वर्षीय राधेश्याम खंग, २२ वर्षीय मनोज खंग मण्डल, २० वर्षीय अर्जुन खंग मण्डलसहितका आरोपितविरुद्ध वारेन्टसहितको म्यादी पुर्जी जारी गरेको बताए ।

पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा आरोपितविरुद्ध गत जेठ १० गते मौखिक र जेठ १३ गते लिखित उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालयले आरोपितविरुद्ध गत जेठ १४ गते जबर्जस्ती करणी मुद्दा दर्ता गरेको थियो ।

आरोपितमाथि गत जेठ ९ गते राति घरमा सुतिरहेकी पीडितलाई मुख थुनी नियन्त्रणमा लिएर ३०० मिटर पश्चिम–दक्षिण नहरको छेउ खाँडो खोलापारि पु¥याएर सामूहिक बलात्कार गरेको आरोप छ ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा गत जेठ १० गते शारीरिक परीक्षण भएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us