नेपाल कालो सूची अनुगमनबाट हट्यो

काठमाण्डु टुडे २०७१ असार १४ गते २:१५ मा प्रकाशित

काठमाण्डु, १४ असार– सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गरेका कारण नेपाल कालोसूचीको अनुगमनबाट बाहिरिएको छ । फ्रान्सको पेरिसमा शुक्रवार आयोजित फाइनान्सियल एक्सन टास्क फार्सको प्लेनरी बैठकले नेपाललाई नियमति अनुगमन सूचीबाट हटाउने निर्णय गरेको हो ।

बैठकमा सुहभागी हुन पेरिस पुगेका नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले भने,’अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गरेकाले इन्टरनेसन कोअर्पेसन रिभ्यु ग्रुपको अनुगमन सूचीबाट नेपाललाई हटाउने निर्णय बैठकले गरेको छ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

उनका अनुसार अब कम्तीमा पाँच बर्ष नेपाल कालोसूचीमा पर्ने त्राुबाट जोगिएको छ । तर नेपालले सुधार गर्नु पर्ने धेरै काम भने बाँकी नै छ । गत मंसिर अन्तिम साता स्थलगत अनुगमनका लागि एफएटीएफको एउटा टोली नेपाल आएको थियो । ‘टोलीले नेपालमा नीतिगत सुधार भएको र प्रतिबद्धताअनुसार कानुन तयार भएको प्रतिवेदन बुझाएपछि एफएटीएफको शुक्रवार बसेको प्लेनरी बैठकले नेपाललाई अनुगमनको सूचीबाट हटायएको हो, अधिकारीले पेरिसबाट टेलिफोन सम्पर्कमा भने । ‘
अबैध सम्पत्ति ओसारपसार एवम् नियन्त्रणका लागि कार्यरत अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टाक्स फोर्सले अन्तार्रष्ट्रिय प्रतिबद्धता पूरा गर्न ढिलाई गरेका कारण नेपाललाई सन् २०१० देखि नियमित अनुगमनको सूचीमा राखेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us