एक सिटे सभासदमा बढ्दो असन्तुष्टि

काठमाण्डु टुडे २०७१ असार १४ गते २:०१ मा प्रकाशित

काठमाण्डु, १४ असार– अखण्ड नेपाल पाटीृका सभासद कुमार खड्का संविधानसभा र व्यवस्थापिका संसद दुवैका बैठकहरुमा प्राय पुग्ने गर्छन । तर उनले त्यहाँ ठूला भनिएका कांग्रेस, एमाले र उमाओवादी सभासदको रमिता हेर्ने भन्दा केही काम गर्न सकिरहेका छैनन् ।

उनी संविधानसभाभित्रको दुई महत्वपूर्ण समितिका सदस्य पनि हुन् ।  उनले आफू रहेको संविधानसभाभित्रको संवैधानिक राजनीतिक सम्बाद तथा सहमति समिति र संविधान मस्यौदा समिति दुवैका बैठकहरुमा बोलेका छन् ।

तर, आफैले बोलेका कुरा लिपिबद्ध हुने र सुनुवाई हुने कुरामा पटक्कै विश्वास छैन । ‘सार्वभौम संविधानसभा भनिए पनि हामी एक सिट प्राप्त गरेर गएका दलहरुको आवाज सुन्ने र लिपिबद्ध गर्ने काम त्यहाँ भएजस्तो अनुभू तिगर्न पाइएको छैन, संविधानसभाभित्र साना दलको दयनीय अवस्था रहेको बताउँदै खड्का भन्छन् ।
आगामी ८ माघभित्रै संविधान निर्माण गर्ने प्रतिबद्धता ठूला दलले जनाइरहेका छन् । संविधान निर्माणको कार्यातालिका पनि सोही अनुसार नै बनाइएको छ । संविधानसभाभित्रका समितिहरुले दिनहुँ केही नठ केही विषयमा छलफल पनि लचाइरहेको छ ।

तर खड्कालाई त्यहाँ चलाइएका छलफलमा साना दलहरुले राखेको मतको अर्थ हुनेमा विश्वामस लागेको छैन । ‘अहिले हामीले संविधानसभाभित्र र त्यसैभित्रका समितिमा बोले पनि अर्थ छैन, उनले भने,’हाम ति बोल् मात्र बोलेका हौँ , कांग्रेस एमाले र उमाओवादीको दबाबका कारण संसद सचिवालयकै कर्मचारीहरुले हामीले बोलेका कुरा लिपिबद्ध गर्दैनन् । ‘
संघीय सदभावना पार्टीकी सभासद डिम्पलकुमारी झाले पनि खड्काकै जस्तो अनुभूति गरेकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us