शेष घले अष्ट्रेलियाका १ सय ५० औं धनाढ्य

काठमाण्डु टुडे २०७१ असार १३ गते १५:४८ मा प्रकाशित

अष्ट्रेलिया– गैरआवासीय नेपाली संघ एनआरएन अध्यक्ष शेष घले अष्ट्रेलियाको १ सय ५० औं धनाढ्य व्यक्ति बनेका छन् ।
shesh_ghaleअष्ट्रेलियाको विजनेश ‘रिभ्यू विक्ली’ ले सार्वजनिक गरेको २ सय धनी व्यक्तिको सूचीमा घले १ सय ५० मा परेका हुन् । यसअघि अघिल्लो वर्ष घले १ सय ८० औं स्थानमा थिए । सम्पत्ति बढेसँगै घले तीस स्थान तल झरेका हुन् ।

यस्तै घलेकी श्रीमती जमुना गुरुङ १ सय ५१ औं धनाढ्यको सूचीमा परेकी छन् । घलेको कुल सम्पति ३ सय ३५ मिलियन डलर रहेको पत्रिकाले उल्लेख गरेको छ । गतवर्ष उनीहरुको कुल सम्पत्ति २ सय ६५ मिलियन डलर थियो ।

गत वर्षको तुलनामा ७० मिलियन डलर सम्पत्ति बढेको छ । सन् १९९० मा अध्ययनका सिलसिलामा अष्ट्रेलिया पुगेका घले पढाइ सकिएपछि व्यवसायमा लागेका थिए । अष्ट्रेलियामा उनको शिक्षा र रियल स्टेटमा लगानी छ । घलेले काठमाण्डुमा पाँचतारे होटल निर्माण खोल्ने घोषणा गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us