विद्रोहीको कब्जामा रहेको क्षेत्र नियन्त्रणमा आएको इराकी सुरक्षा फौजको दावी

काठमाण्डु टुडे २०७१ असार ५ गते ३:५९ मा प्रकाशित

काठमाण्डु, ५ असार –ईराकी सुरक्षा फौजले विद्रोहीको कब्जामा रहेका धेरै क्षेत्र आफ्नो नियन्त्रणमा आईसकेको दावी गरेको छ ।  तल अफार, समारा र बाईजी क्षेत्र सुरक्षाफौजको नियन्त्रणमा आईसकेको सुरक्षाबलका प्रवक्ता कासिम अट्टाले बताएको बीबीसीले जनाएको छ ।
पछिल्लो पल्ट सुन्नि विद्रोही संगठन आईसिसले राजधानी बगदादबाट २ सय २५ किलोमिटर उत्तरमा पर्ने बाईजी क्षेत्रमा तेल प्रशोधन केन्द्रमा नियन्त्रणमा लिने प्रयास गरेको छ ।
तर प्रवक्ता अट्टाले भने बाईजीमा आईसीसलाई परास्त गरिएको र त्यहाँका धेरैजसो क्षेत्र उनीहरुको नियन्त्रणबाट मुक्त गराईएको दावी गरेको सिएनएनले जनाएको छ ।
उनका अनुसार बाईजी क्षेत्रमा सुरक्षा फौज संगको भिडन्तमा ४० जना लडाकुको ज्यान गएको छ ।
सुन्नि लडाकु समूहले ईराकको मोसूल, तिकरिट र तल अफार नियन्त्रणमा लिंदै राजधानी बगदाद तर्फ अघि बढ्न थालेपछि ईराक सरकारले अमेरिकालाई हवाई आक्रमणका लागि औपचारिक रुपमा आग्रह गरेको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि ईराकमा लडाकु विरुद्धको संघर्षमा सैन्य हस्तक्षेपको तयारीमा लागेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us