कम्प्युटर प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया सुरु

काठमाण्डु टुडे २०७१ असार ३ गते १४:१४ मा प्रकाशित

दाङ– राप्ती आँखा अस्पताल रक्षाचौर दाङले अत्याधुनिक कम्प्युटर प्रविधिको फ्याको मेसिनबाट आँखाको उपचार सेवा सुरु गरेको छ ।
अस्पतालले एक कार्यक्रमको आयोजना गरी उक्त प्रविधिबाट मोतियाबिन्दुका बिरामीको शल्यक्रिया थालेको हो ।
अस्पतालले करिब ६० लाखको लागतमा फ्याको मेसिन खरिद गरी आँखाका बिरामीलाई सेवा दिन सुरु गरेको राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शमशेर थापाले जानकारी दिए ।
हातले गरिंदै आएको मोतियाबिन्दुको शल्यक्रिया अब कम्प्युटर प्रविधिबाट हुने अस्पतालका नेत्र विशेषज्ञ डाक्टर शङ्कर खनालले बताए ।
यो सेवासँगै अब काठमाण्डु तथा अन्य स्थानमा मोतियाबिन्दुका बिरामीलाई उपचारका लागि जानुपर्ने बाध्यता हटेको छ ।

फ्याको मेसिनबाट आँखामा २.८ एमएल सानो घाउ बनाई शल्यक्रिया गरिने डा. खनालले बताए ।

हाल यस अस्पतालमा तीन नेत्र विशेषज्ञ रहेका छन् भने केही दिनभित्रै एक नेत्र विशेषज्ञ आउँदै छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us