बेमौसमी तरकारी खेतिको लहर

काठमाण्डु टुडे २०७१ वैशाख २२ गते १२:१३ मा प्रकाशित

गुल्मी , २२ वैशाख – गुल्मीका किसानहरुमा तरकारी उत्पादनको लहर चलेको छ ।

गाउँमा केही व्यक्तिले तरकारीखेतीबाट राम्रो आम्दानी गर्न थालेपछि गाविसमै मौसमी र बेमौसमी तरकारीखेती गर्नेको लहर चलेको हो ।

अहिले गाउँका धेरै किसानले पाखोबारीमा गोबी, बन्दा, साग मुला, खुर्सानी, आलु, गोलभेँडालगायतका तरकारी उत्पादन गरी मासिक रु १० हजारसम्म आम्दानी गर्न सफल भएको कृषक तुल्सीराम पाण्डेले बताए ।
आफ्नो गाउँघरको पाखोबारीलाई तरकारीखेती गर्ने उद्देश्यले आजभन्दा १० वर्ष अघिदेखि उत्पादन वृद्धिका लागि पटकपटक तालिममा समावेश भएको अगुवा कृषक पाण्डेको भनाइ छ ।

विदेश गएर फर्केका, अध्ययन सकेर बसेका युवा समेत तरकारीखेतीतर्फ आकर्षित भएका छन् । गुल्मीका समथर र उब्जाउ फाँट तथा सिँचाइको पनि राम्रो सुविधा भएका कारण कृषक निकै उत्साहित भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us