अध्ययन भ्रमण वर्षमा पन्ध्र हजारले घुम्टे चढे

काठमाण्डु टुडे २०७१ वैशाख १८ गते ११:५९ मा प्रकाशित

बागलुङ, १८ वैशाख – पर्यटकीय क्षेत्र घुम्टेको प्रचारप्रसार र प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले घोषणा गरिएको घुम्टे अध्ययन भ्रमण वर्ष–२०७० मा करिब १५ हजार आन्तरिक पर्यटकले घुम्टे चढेका छन् ।दस हजार ३९३ फिटको उचाइमा अवस्थित घुम्टेको लेकमा आयोजना गरिएको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा आन्तरिक पर्यटक आकर्षित बनेका हुन् ।

गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङले २०७० साललाई घुम्टे अध्ययन भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरेपछि घुम्टे चढ्नेको सङ्ख्या पनि बढेको हो । वर्षभरिमा करिब १५ हजार बढी आन्तरिक पर्यटकले घुम्टे चढेको केन्द्रले जनाएको छ ।

मैत्रीपूर्ण पर्यटन भेला, वैशाखेपूर्णिमा मेला, काठमाडौँ–घुम्टे साहसिक साइकल यात्रा, घुम्टे लालीगुराँस महोत्सवलगायत अन्य भ्रमण कार्यक्रमका सिलसिलामा उक्त सङ्ख्यामा पर्यटक घुम्टे पुगेको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us