युरिया मलको अभाव

काठमाण्डु टुडे २०७१ वैशाख १८ गते ११:५४ मा प्रकाशित

urea

विराटनगर, १८ वैशाख  – कृषि सामग्री संस्थान पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरमा युरिया मलको अभाव भएको छ ।संस्थानमा विगत लामो समयदेखि युरिया मल नभएका कारण कृषि उत्पादनमा कमी आउनुका साथै यस क्षेत्रका किसान समस्यामा परेको गुनासो सुनिन थालेको छ ।पूर्वाञ्चलको १६ जिल्ला कार्य क्षेत्र रहेको संस्थानको डिपोमा समेत युरिया मल नरहेको सो कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख पुण्यप्रसाद घिमिरेले कार्यालयको गोदाममा डिएपी मल तीन हजार ५०० मेट्रिक टन तथा पोटास १०० मेट्रिक टन रहेको बताउँदै युरियाको अवस्था नगन्य रहेको जानकारी दिएका छन् ।उनले युरियालगायत अन्य मल माग गरिएको र छिट्टै आउने किसानलाई आश्वासन दिएका छन् ।

उता किसान तथा सहकारी संस्थाहरू युरिया मल नपाएपछि विगत नौ महिनादेखि पूर्वाञ्चलमा मलको बिक्री वितरण सुरु गरेको साल्ट ट्रेडिङ कर्पोरेसन अञ्चल कार्यालय विराटनगरमा धाउन थालेको बताइएको छ ।साल्ट टे«डिङ अञ्चल कार्यालय प्रमुख नवीनचन्द्र झाका अनुसार साल्ट टे«डिङको गोदाममा युरिया २७ हजार क्विन्टल, डिएपी ४५ हजार क्विन्टल तथा पोटास ४० टन मौज्दात रहेको जानकारी दिनुभयो ।

जिल्ला कृषि विकास कार्यालय मोरङले भने साल्ट टे«डिङसँग मल पर्याप्त मात्रामा रहेकाले मलका लागि त्यहाँ सिफारिस गर्ने गरिएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us