चतरा महाकुम्भमा मानव सागर उर्लंदा आर्थिक गतिविधि ह्वात्तै बढ्यो

काठमाण्डु टुडे २०७१ वैशाख १७ गते ११:२६ मा प्रकाशित

chatara

इटहरी, १७ वैशाख –  पवित्र धार्मिक तीर्थस्थल बराहक्षेत्र चतराधाममा बाह्र वर्षपछि लागेको दोस्रो महाकुम्भ मेलामा अनपेक्षित रुपमा मानव सागर उर्लिएको छ । छिमेकी मुलुक भारतमा भइरहेको चुनावले भारतीय धर्मावलम्बीलाई केही प्रभाव पारेको भए पनि दोस्रो महाकुम्भ स्नानका लागि बराहक्षेत्र चतराधाम पुग्नेहरूको सङ्ख्या करिब करोडको हाराहारीमा पुगेको अनुमान गरिएको छ ।

गत चैत १६ गतेबाट सुरु भएको महाकुम्भ मेलामा आउने भक्तजनको घुइँचो महाकुम्भस्थल चतरा र बराहक्षेत्र मन्दिर परिसरमा मात्र नभएर होटल, लज तथा यातायात क्षेत्रमा समेत व्यापक रुपमा देखिएको छ ।

महाकुम्भस्थलमा राखिएको दान पेटिकामा मात्र महाकुम्भको सुरुदेखि हिजोसम्ममा झन्डै रु ५० लाख जम्मा भएको आर्थिक समितिले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us