
किर्कुक (इराक), १७ वैशाख – उत्तरी इराकमा जारी रहेको मतदातको क्रममा विद्रोहीहरुले मतदान केन्द्रमै हमला गरेका छन् । उनीहरुले गरेका सो हमलामा परी कयौँ व्यक्तिको ज्यान गइसकेको छ ।
बुधबार पनि ती केन्द्रमा बम हमला भएका समाचार आएका छन् । बुधबार भएको बम विस्फोटमा परी कम्तीमा दुई महिलाको मृत्यु भएको छ ।
मतदान केन्द्रहरुमा भएका विस्फोटमा परी अरु केही व्यक्ति घाइते भएका पनि अस्पताल स्रोतहरुले जानकारी दिएका छन् ।
कडा सुरक्षाकोबीच सो विस्फोटन भएको बताइएको छ । त्यसैगरी उत्तरी इराकमा नै आतङ्ककारीले अर्को मतदान केन्द्रलाई कब्जा गरेको बताएको छ ।
विस्फोटन भएको मतदान केन्द्रबाट मतदाताहरु र मतदान केन्द्रका कर्मचारीहरुलाई विस्थापित गरिएको निर्वाचन आयोग र प्रहरी अधिकारीहरुले जनाएका छन् ।