
काठमाण्डु, १६ वैशाख – उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले काठमाडौं उपत्यकामा गुण्डागर्दी शुन्य तहमा झरेको दावी गरेका छन् । गृहमन्त्रीले गुण्डागर्दी तथा अपराध नियन्त्रण अभियानको प्रभावकारीताका कारण मुलुकभर गुण्डाहरु सबै लुकेको र निक्रिय भएको बताए ।
रिपोर्टर्स क्लव नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा गृहमन्त्रीगौतमले भने, ‘कानूनहातमालिने र गुण्डागर्दी गर्नेहरु करीव ४ सयको हाराहारीमापक्राउ परेका छन् । उनीहरु माथि कानूनी कारवाही चलीरहेको छ । यही कारण अहिले काठमाडौंको गुण्डागर्दी जिरो (शुन्य)मा झरेको छ ।’
हालसम्मको आफ्नो कार्यकालकाउपलव्धीको चर्चा गर्दै उनले नेपालप्रहरीको समग्र विकासलाई ख्याल गरी प्रहरी नियमावली २०७० जारी भइ कार्यान्वयन भइरहेको बताए । नेपालप्रहरी अन्र्तराष्ट्रिय स्तरको भएकाले बताउँदै गौतमले मन्त्रीपरिषदको आगामी वैठकबाट केही प्राविधिक पक्ष मिलाइ प्रहरीको प्रमोशन गरिने बताए ।