दक्षिण कोरियाली राष्ट्रपतिद्वारा क्षमायाचना

काठमाण्डु टुडे २०७१ वैशाख १६ गते ८:२७ मा प्रकाशित

सोल, १६ वैशाख – दक्षिण कोरियाका राष्ट्रपतिले गतहप्ता दक्षिण कोरियामा भएको ठूलो आकारको डुङ्गा दुर्घटना भएको घटनालाई लिएर क्षमायाचना गरेका छन् । उनले सो दुर्घटना हुन पुगेको र त्यहाँ रहेका नागरिकको ज्यान बचाउन नसकेकोमा आफूलाई दुःख लागेको बताएका छन् ।

राष्ट्रपति पार्क गेन हाइले भनेका छन् – मलाई दुःख लागेको छ र हामीले जतिसुकै प्रयास गर्दापनि नागरिकको ज्यान बचाउन सकेनौँ । मङ्गलबार दक्षिण कोरियाको राजधानी सोलमा बसेको मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै उनले सो क्षमायाचना गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us