छैठौँ पर्यटन मेला स्थगित

काठमाण्डु टुडे २०७१ वैशाख १५ गते १२:३७ मा प्रकाशित

काठमाण्डु, १५ वैशाख – यही वैशाख १९ गतेदेखि हुने भनिएको छैठौ पर्यटन मेला स्थगित  भएको छ । बोर्डले आज एक बिज्ञप्ति जारी गर्दै १९ देखि २१ सम्म गर्ने भनेको मेला स्थगित गरेको हो ।

नेपाल पर्यटन बोर्डमा व्यापक आर्थिक हिनामिना भएको भन्दै बोर्डले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनै पनि कार्यक्रम व्यवसायीहरुले बहिष्कार गर्नेे बताएको केहि दिन नबित्दै मेला अनिश्चित समयको लागि स्थगित भएको हो । बोर्डले मेला स्थगन गर्नुको कुनै कारण खुलाएको छैन ।व्यवसायीहरुको असहयोग रहने हुनाले कार्यक्रम स्थगन गर्न बाध्य भएको एक पर्यटन व्यवसायीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us