मापसेमा नयाँ कारवाही अव प्वाल हैन, लाइसेन्स नै खारेज

काठमाण्डु टुडे २०७० चैत १ गते १:४८ मा प्रकाशित

mapaseकाठमाण्डु, १ चैत – मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु थप होयिसार हुनुपर्नेभएको छ ।

ट्राफिक प्रहरीले मापसे गरेर सवारी चलाउनेका लागि नयाँ नियम ल्याएको छ ।

पहिले मापसे गर्नेलाई हजार रुपैया जरिवान, क्लास र लाइसेन्समा एउटा प्वाल पार्ने गरिएको नियममा केही कडा पारिएको छ ।

मापसेमा पाँच पटक भन्दा धेरै पक्राउ परेकाको लाइसेन्स निलम्बन गर्ने पक्रिया ट्राफिक प्रहरीले सुरु गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले २२ जनाको लाइसेन्स ६ महिनामा लागि निलम्बन गर्न यातायात व्यवस्था बिभागलाई पत्राचार गरेको छ ।

महाशाखाका डिआइजी केशव अधिकारीले सवारी तथा यातायात व्यवस्था ऐन अनुसार यस्तो कारवाही हुने बताए ।

अहिलेसम्म मापसेमा १ लाख २७ हजार कारावाहीमा परेको प्रहरीको तथ्यांक छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us