एमाले स्थायी कमिटि बैठक बस्दै

काठमाण्डु टुडे २०७० फागुन ८ गते ३:३३ मा प्रकाशित

काठमाण्डु, ८ फागुन– सरकार नेतृत्वकर्ता नेपाली काँग्रेससँग गृह मन्त्रालयको विषयलाई लिएर विवाद चर्किएका बेला एमाले स्थायी कमिटि uml officeबैठक आज बस्दैछ ।
पार्टी मुख्यालय बल्खुमा अपराह्न बस्ने बैठकले सरकारमा सहभागी हुने/नहुनेबारे ठोस निर्णय लिने सम्भावना रहेको एक नेताले बताए । एमालेले सरकार गठनअघि भएको सात बुँदे सम्झौतासँगै भएको मौखिक सहमतिका आधारमा गृह मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरिसकेको छ ।

काँग्रेसले भने गृह दिने सहमति नभएको भन्दै गृह नपाए पनि एमाले सरकारमा आउने गर्दै आएको छ । स्रोतका अनुसार स्थायी कमिटिको आजको बैठकले पार्टीको आगामी वैशाखमा हुने भनिएको महाधिवेशन केही समय पर सार्ने सम्भावना छ ।

यसअघि वैशाख ९ गतेबाट सुरु हुने भनिएको महाधिवेशन तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको स्मृति दिवसको अवसर पारेर जेठ ३ मा उदघाटन गर्ने तयारी भएको  स्रोतले जनाएको छ ।

स्थायी समितिले महाधिवेशन सार्ने निर्णय गरे अनुमोदनका लागि केन्द्रीय समितिमा लैजाने नेताहरुले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us