
काठमाण्डु, ८ फागुन– प्रधानमन्त्री सुशील कोइराला बालुवाटारस्थित सरकारी निवास सरेका छन् ।
व्यवस्थापिका–संसदबाट प्रधानमन्त्री निर्वाचित भएको १० दिनपछि कोइराला बिहीबार सरकारी निवास सरेका हुन् । उनी ज्योतिषिले जुराइदिइको शुभसाइतमा बिहान १० बजेर २० मिटेनमा बालुवाटार प्रवेश गरेका थिए । कोइराला यसअघि महाराजगञ्जस्थित भाडाको घरमा बस्दै आएका थिए ।
कोइराला गत माघ २७ गते गणतन्त्र नेपालको छैटौं प्रधानमन्त्री निर्वाचित भएका थिए ।
मन्त्रिपरिषद् विस्तारपछि मात्र सरकारी निवास सर्ने योजना बनाएका कोइराला सत्ता साझेदार एमालेसँगको गृह मन्त्रालय विवाद नटुंगिएका कारण त्यसअघि नै बालुवाटार गएका हुन् ।