कुँवरद्वारा महान्यायाधिवक्ताको सपथ ग्रहण

काठमाण्डु टुडे २०७० फागुन ७ गते १२:५० मा प्रकाशित

काठमाण्डु, ७ फागुन – नवनियुक्त महान्यायाधिवक्ता बाबुराम कुँवरले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा बुधबार आयोजित  विशेष समारोहका बीच उनले  सपथ लिएका हुन् ।

राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले नवनियुक्त महान्यायाधिवक्ता कुँवरलाई शपथ गराए ।

समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, संवैधानिक अङ्गका प्रमुख, निजामती, जङ्गी तथा सुरक्षा निकायका वरिष्ठ पदाधिकारीका साथै महान्यायाधिवक्ताको कार्यालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us