एक वषैभित्रै संविधान: प्रधानमन्त्री

काठमाण्डु टुडे २०७० फागुन ७ गते ५:३२ मा प्रकाशित

काठमाण्डु, ७ फागुन– प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभाबाट एक वर्षभित्रै संविधान जारी गर्न सरकारका तर्फबाट कुनै कसर बाँकी sushilनराख्ने बताएका छन् ।
६४ औं प्रजातन्त्र दिवसका अवसरमा राजधानीमा बुधबार भएको कार्यक्रममा कोइरालाले दलीय सहमतिका आधारमा तोकिएकै समयमा संविधान जारी गर्ने वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

कोइरालाले समयमै संविधान जारी गर्न तथा मुलुकमा विद्यमान सबै समस्याको समाधानका लागि दलहरुबीच सहमतिको विकल्प नरहेकामा जोड दिए । ‘सरकार सहमति, सहकार्य र एकताका साथ अघि बढ्न तयार छ’,कोइरालाले भने, ‘सबै मिलेर एक वर्षभित्र मुलुकलाई नयाँ संविधान दिनुपर्छ ।’

सहमतिका आधारमा अघि बढ्दा मात्र परिवर्तनका लागि पटकपटक भएका आन्दोलनमा ज्यान गुमाएका सहिदहरुको सपना सकार हुने उनले बताए ।

उनले मुलुकमा विद्यमान गरिबी, बेरोजगारी असमानता तथा पछौटेपन अन्त्य नभएसम्म प्रजातन्त्रको संस्थागत विकास हुन नसक्ने स्पष्ट गरे ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us