कमललाई सूर्यबहदुरले रोष्टममा जान दिएनन्

काठमाण्डु टुडे २०७० फागुन ६ गते १३:२७ मा प्रकाशित

Kamal-Thapaकाठमाण्डु, ६ फागुन – राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मंगलबारको संविधानसभा बैठकमा सम्बोधनका लागि रोष्टममा दिइएन ।

सम्बोधनका लागि ३ मिनेटको समय पाएका थापा रोष्टमतर्फ जाँदैगर्दा जेष्ठ सदस्यको हैसियतमा संविधानसभाको बैठकको अध्यक्षता गरिरहेका सूर्यबहादुर थापाले आफ्नै स्थानबाट बोल्न आग्रह गरेका हुन् ।

त्यसअघि प्रमुख प्रतिपक्षि दल एमाओवादीका अध्यक्ष तथा काँग्रेस र एमालेका तर्फबाट बोल्ने सभासदलाई रोष्टममा नै गएर सम्बोधन गर्न दिइएकाले थापासमेत रोष्टमतर्फ अघि बढ्का थिए ।

तर, सभाध्यक्षले हातको इसाराले आफ्नै स्थानबाट बोल्ख आग्रह गरे । त्यस पश्चात सम्बोधनका क्रममा कमल थापाले ‘संविधानसभा अध्यक्ष ज्यूले मलाई बेलाबखत यसैगरी माया गर्दै आउनुभएको छ,’ भन्दै व्यंग्य गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us