नेम्वाङ फेरि आएकामा प्रचण्ड आक्रोशित

काठमाण्डु टुडे २०७० फागुन ६ गते १२:५० मा प्रकाशित

prachanda 2काठमाण्डु, ६ फागुन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा अध्यक्षमा सुवासचन्द्र नेम्वाङको पुनरागमनले संविधानसभाबाट नयाँ संविधान नबन्ने खतरा बढेको बताएका छन् ।
मंगलबार संविधानसभा बैठकमा बोल्दै उनले संविधानसभामा अधिकांश नेता र सभाध्यक्षमा नेम्वाङ आउनुले नकारात्मक सन्देश नदिएको बताए ।

‘नेम्वाङ विगतमा असफल भएका हुन्’, प्रचण्डले भने ‘यसले पूरानै भूल दोहोरिने र संविधान नबन्ने खतरा रहन्छ ।’

अघिल्लो संविधानसभा विघटन हुने दिन २०६८ जेठ १४ गते राति बालुवाटारबाट सोझै संविधानभा नआएर बीचमै सिंहदरबार गएर नेम्वाङले गल्ती गरेको आरोप प्रचण्डले लगाए ।

उनले अब त्यस्तो अवस्था आए सार्वभौम संविधानसभाबाटै निर्णय लिने प्रतिज्ञा गर्न जरुरी रहेको उनको भनाइ छ ।

‘संविधानसभामा नआई संविधानसभाको अवसान हुने अवस्था फेरि नओस’, प्रचण्डले भने, ‘त्यो गल्ती दोहोयार्‍उने छैनौं भन्ने संकल्प गर्न जरुरी छ ।’
प्रचण्डले काँग्रेस–एमालेले सहमतिभन्दा बहुमतका आडमा अन्य दललाई पेलेर अघि बढ्ने मनसाय देखाएको र त्यसले राम्रो संकेत नगरेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us