जहाज चार्टर गरेर एक हजार भारतीय काठमाण्डुमा

काठमाण्डु टुडे २०७० फागुन ६ गते १:१४ मा प्रकाशित

काठमाण्डु ६ फागुन–भारत उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेशकुमार यादव,सिंचाई मन्त्री शिवपालसिंह यादव,जेलमन्त्री राजेन्द्र akhileshचौधरी,बिधानसभाका सभामुख माताप्रसाद पाण्डे र धनाढय लक्ष्मी मित्तल बिमान चार्टर गरेर काठमाण्डु आएका छन ।
उनीहरुसहित करीव एक हजार भारतीय बिहिबारसम्म काठमाण्डुमा रहनेछन । भारतीय व्यापारी विवेक र सुमेधा सराबगीका छोरा करण र हायात होटलका मालिक राधेश्याम सराफकी नातिनी तनासाको विवाहका लागि उनीहरु काठमाण्डु आएका हुन । उनीहरुका लागि काठमाण्डुका अधिकाँश तारे होटल बुकिङ गरिएको समाचार मंगलबार अन्नपूर्णपोष्टले छापेको छ ।
भारतीय पाहुनाको मनोरञ्जनका लागि मुजरा र डिस्कोका नर्तकी भारत र पाकिस्तानबाट ल्याइएको छ । भारतीय र जापानी डिजाइनरले विवाह मण्डप करीव एक करोड रुपैयाका फूल भारत र हल्याण्डबाट ल्याइएको छ । खाना तयार गर्ने ३५ जना भान्छे पनि भारतबाट आएका छन । विवाहमा प्रधानमन्त्री सुशील कोइराला र पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी हुनेछन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us