सभाध्यक्ष उम्मेदवारीबारे गठबन्धन अनिर्णीत

काठमाण्डु टुडे २०७० फागुन ६ गते १:०५ मा प्रकाशित

gathabandhanकाठमाण्डु, ६ फागुन– सभाध्यक्ष चयनका लागि संविधानसभामा अपराह्न हुने निर्वाचनमा खेल्ने भूमिका लगायत विषयमा छलफल गर्न बसेको एकीकृत माआवादी नेतृत्वको संघीय लोकतान्त्रिक गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ ।
कोटेश्वर पेरिसडाँडास्थित एकीकृत माओवादीको केन्द्रीय कार्यालयमा बिहान बसेको बैठकमा सभाध्यक्ष निर्वाचनका साथै पछिल्लो राजनीतिक अवस्था र संविधानसभामा विपक्षी गठबन्धनको भूमिकालगायत विषयमा छलफल भए पनि निष्कर्ष भने आउन नसकेको सदभावना अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।

उनले दिउँसो १ बजेपछि संविधानसभा भवन नयाँबानेश्वरमा पुन: बस्ने बैठकले सभाध्यक्षको निर्वाचनमा गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिने वा विपक्षमा मतदान गर्ने भन्ने निर्णय हुने छ ।

काँग्रेसको समर्थनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ सभाध्यक्ष निर्वाचित हुने पक्का भएपछि गठबन्धनले आफ्नो तर्फबाट उम्मेदवारी दिने वा विपक्षमा मतदान गर्ने भन्ने विषयमा छलफल गरेको हो ।

एकीकृत माओवादीले शक्ति सन्तुलनका आधारमा सभाध्यक्ष आफूले पाउनुपर्ने बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us