पूर्वराजा विरेन्द्र र महेन्द्रको निवास भारतीय नियन्त्रणमा

काठमाण्डु टुडे २०७० फागुन ४ गते ४:१३ मा प्रकाशित

ठोरी, पर्सा ४ फागुन– तत्कालिन राजा विरेन्द्र र महेन्द्र शिकार गर्न आउँदा बस्ने महल हाल भारतीय सीमा प्रहरीको नियन्त्रणमा रहेको तथ्य फेला परेको छ ।ex king birendra

नेपाल कै पहिलो आरसिसि भवन हाल प्रचलित सीमा क्षेत्र भन्दा भारतीय क्षेत्रमा पाइएको नेकपा–माओवादीका नेताहरुले बताएका छन । पर्साको ठोरी क्षेत्रको स्थलगत भ्रमणपछि माओवादी नेताहरुले सो तथ्य केलाउँदै महिला तस्करी नियन्त्रण गर्न अग्रसर माइती नेपालको लागि सीमा क्षेत्रमा बनाइन लागेको भवन निर्माणमा भारतीय पक्षले रोक लगाएको पाइएको बताएका छन ।

सोही विवादले नेपाल र विश्वको नै ध्यान केन्द्रित भएकोले आफूहरु स्थलगत भ्रमणमा आएको माओवादीका उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख सीपी गजुरेलले बताए । ठोरी गाविसमा पर्ने सहायक पिलर र  निर्मल वस्ति गाविसमा पर्ने जंगे पिलरको पनि गजुरेल नेतृत्वका प्रतिनिधिमण्डलले निरिक्षण गरेको थियो ।
नेकपा–माओवादीका नेताहरुले पर्साको ठोरी र निर्मलवस्ति गाविस क्षेत्रमा पर्ने भारतीय पक्षबाट अतिक्रमण गरिएको जंगे पिल्लर र वरपरको क्षेत्रको अवलोकन गरेका छन ।

गजुरेलको नेतृत्वमा ताम्सालिङ राज्य समिति इन्चार्ज सुर्यप्रकाश सुवेदी पथिक, केन्द्रीय सदस्य अनिल शर्मा विरही, केन्द्रीय सल्लाहकारद्वय भूमेश्वर कँडेल र रामआश्रय राम, चितवन जिल्ला सेक्रेटरी गुणराज लोहनी मुकुन्द, पर्सा जिल्ला सेक्रेटरी बालेश्वर यादव, रसुवा जिल्ला सेक्रेटरी ध्रुव लगायतको प्रतिनिधिमण्डले सो क्षेत्रको अवलोकन भ्रमण गरेको हो ।
केन्द्रिय स्तरको नेतालाई नै ठोरीको दुर्गम क्षेत्रमा पाउँदा स्थानीय वासी, इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी तथा सिमा विवाद पश्चात सो क्षेत्रमा तैनाथ भएको सशस्त्र प्रहरीका जवानहरु उत्साहित देखिएको माओवादीका एक नेताले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us