डा गोविन्द केसीको अनसन तोडियो

काठमाण्डु टुडे २०७० फागुन ३ गते १०:४० मा प्रकाशित

Govinda kcकाठमाण्डु, ३ फागुन – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ चिकित्सक डा गोविन्द केसीले ८ दिनलामो आमरण अनसनको अन्त्य गरेका छन् ।

चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताको आधारमा डिन नियुक्ती, त्रिवि पदाधिकारीको वर्खास्ती लगायतका माग राखेर अनसन बसेका केसीले शनिबार अनसन तोडेका हुन् ।

सरकारी टोलीले चिकित्साशास्त्र अध्ययन संस्थानका आन्दोलनरत चिकित्सकसँग वार्ता गरेर ६ बुँदे सहमति गरेपछि केसी अनसन तोड्न सहमत भएका हुन् ।

केसीले उठाएका माग सम्बोधन गर्न सरकार तयार भएपछि उनले अनसन तोडेका हुन् । १४ दिनलामो अनसन तोडेको केही दिनमै केसीले पुनः अनसन तोडेका थिए ।

संस्थानको बिषयमा केसीले गरेको यो चौथो अनसन हो ।

सरकारले चार प्रहरीसहित चार मेडिकल कलेजलाई सम्बन्धन दिने बिषयमा छानबिनका लागि अख्तियारलाई निर्देशन दिने प्रतिबद्धता जनाएको छ ।

डा केसीको संस्थानलाई स्वायत्त संस्था बनाउने माग बमोजिम छलफलका लागि २१ दिनभित्र त्रिवि सभा बोलाउने सहमति भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us