आइओएमका नयाँ डिनको पदबहाली

काठमाण्डु टुडे २०७० फागुन २ गते १३:२७ मा प्रकाशित

Teaching Hospitalकाठमाण्डु, २ फागुन – डाक्टर गोबिन्द केसीको अनशन नरोकिएसम्म पदबहाली नगर्ने अडान लिएका आइओएमका डिन राकेशकुमार श्रीवास्तवले डाक्टर केसीकै सल्लाहमा शुक्रबार पदबहाली गरेका छन् ।

त्रिबिले बर्खास्त गरेका पूर्व डिन डाक्टर शशी शर्मा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदलातमा रिट दायर गरेपछि श्रीवास्तवले पदबहाली गरेका हुन् ।

पदबहाली गरेपछि डिन श्रीवास्तवले तत्काल नयाँ मेडिकल कजेललाई अनुमति नदिने बताएका छन् ।

अनशनरत डाक्टर केसीको माग अनुसार डाक्टर शर्मालाई बर्खास्त गरेको त्रिविले बुधबार श्रीवास्तवलाई नयाँ डिन नियुक्त गरेको थियो ।

डाक्टर केसीले भने त्रिबिका पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने आफ्नो माग पूरा नभएको भन्दै अनशन जारी राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us