पूर्वी पहाडी जिल्लाहरुमा हिमपात

काठमाण्डु टुडे २०७० फागुन २ गते २:१९ मा प्रकाशित

himpat-lay-janjivanकाठमाण्डु, २ फागुन – एक्कासी मौसममा आएको बदलीका कारण पूर्वी पहाडी जिल्लाहरुमा हिमपात भएको छ ।

इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा लगायतका जिल्लाका उच्च पहाडी तथा हिमाली भेगमा गएराति देखि हिमपात भएको हो ।

संखुवासभाको गुफा पोखरीमा २ फिटसम्म हिउँ जमेको स्थानीय मञ्जु खनालले जानकारी दिईन् ।

हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।
साथै गएराति देखि मध्य तथा पूर्वी भेगमा सिमसिम पानी परिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us