एमाले काँग्रेसको हेल्पर होइन: पोखरेल

काठमाण्डु टुडे २०७० फागुन १ गते १४:०३ मा प्रकाशित

Ishwar-Pokhrelधनुषा, १ फागुन– एमाले महासचिव ईश्वर पोखरेलले नेपाली काँग्रेसले आफ्नो पार्टीलाई ‘हेल्पर’को जस्तो व्यवहार गरेको भन्दै आपत्ति जनाएका छन् ।
पार्टी सम्वद्ध ट्रेड युनियन पेशागत महासंघले धनुषामा बिहीबार गरेको कार्यक्रममा उनले काँग्रेसले आफूहरुलाई हेपेको बताए । एमालेको मत पाएर सुशील कोइराला प्रधानमन्त्री भए पनि काँग्रेसले हैसियत बिर्सेको टिप्पणी पोखरेलको थियो ।

‘कांग्रेसले एमालेलाई ‘हेल्पर’ ठानेर मनोमानी गरिरहेको छ’, पोखरेलले भने,  एमाले काँग्रेसको राजनीतिक सहयात्री हो, हेल्पर होइन ।’ पोखरेलले सरकार गठनअघि भएको सात बुँदे सहमति अनुसार गृह मन्त्रालय नपाएसम्म सरकारमा नजाने निर्णयमा पार्टी अडिग गरेको पोखरेलले बताए ।

उनले एमाले काँग्रेसले खाएर उब्रेको खाने जात एमाले नभएको बताए । पोखरेलले एक वर्षभित्र संविधान बनाउन काँग्रेस–एमालेबीच सहकार्य जरुरी रहेको भन्दै दुई पार्टीबीच फाटो पार्न विदेशी शक्तिले चलखेल गरिरहेको दाबी गरे ।

अर्को एक फरक प्रसंगमा पोखरेलले काँग्रेस एमाओवादीको समर्थनमा सरकार टिकाउने खेलमा लागे परिणाम गम्भीर हुने चेतावनी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us