कुनै हालतमा राजीनामा दिन्न : महर्जन

काठमाण्डु टुडे २०७० फागुन १ गते १२:४१ मा प्रकाशित

Hira bahadur Maharjan VCकाठमाण्डु, १ फागुन – त्रिभुवन विश्वविद्यालयका उपकुलपति हिराबहादुर महर्जनले कुनै  हालतमा पदबाट राजीनामा नदिने बताएका छन् ।

काठमाण्डुमा बिहीबार पत्रकार सम्मेलन गरेर उपकुलपति महर्जनले प्रा‍डा गोविन्द केसीले त्रिविका पदाधिकारीले राजीनामा गर्नुपर्ने माग राख्नु असान्दर्भिक र अव्यवहारिक भएको बताए ।

उपकुलपति महर्जनले सरकारले समेत आफूलाई बर्खास्त गर्न नसक्ने र अदालतबाट भ्रष्टाचार गरेको पुष्टि भए राजीनामा दिन तयार रहेको स्पष्ट गरे ।

आमरण अनशन बसेका केसीका माग पूरा गरिसकेको भन्दै उपकुलपति महर्जनले अनशन तोड्न आग्रह पनि गरे ।

अस्पतालजस्तो संवेदनशील क्षेत्रलाई बन्द गराउने प्रवृत्ति निरुत्साहित गर्न सरकार र सम्वद्ध निकायले  ध्यान दिनुपर्ने महर्जनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us