एमालेलाई गृह मन्त्रालय दिँदैनौं : महत

काठमाण्डु टुडे २०७० फागुन १ गते ९:५६ मा प्रकाशित

Ramsharan-Mahatचितवन, १ फागुन – विभाविभागीय मन्त्री रामशरण महतले गृहमन्त्रालय एमालेलाई नदिने बताएका छन् । कांग्रेस र एमालेबीच गृह मन्त्रालय एमालेलाई दिने सहमति नभएको भन्दै एमालेलाई कुनै पनि हालतमा गृह मन्त्रालय नदिने बताए ।

गृह मन्त्रालयकै कारण एमालेसँग सहमति नबिग्रने दावी गर्दे उनले सरकार सबैसँग सहकार्य गरेर जाने बताए ।

मन्त्री महतले ६ महिनाभित्र स्थानीय निकायको निर्बाचनमा सरकार जुटिसकेको बताए । ‘एक बर्षभित्र संबिधान पनि बन्छ,’ स्थानीय निकायले जनप्रतिनिधि पनि पाउनेछन्’, उनले भने, ‘यसमा कसैले पनि भ्रम नराख्नूस् ।’

उनले सरकार सहमतिमै चल्ने दावी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us